२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

टिप्परमा २२० किलो गाँजा

चितवन – चितवन प्रहरीले पूर्वी चितवनको राप्ती नगरपालिका–४ को भवानीपुरबाट दुई सय २० किलो गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले भवानीपुरको लाहुरे चोकबाट हाइवेतर्फ आउँदै गरेको टिप्परबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

मंगलबार बिहान ना ४ ख २२९५ नम्बरको टिप्परमा लोड भएको बोरामा पोको पारेको २२० किलो गाँजा चेकजाँच गर्दा बरामद गरेको प्रहरीले जनाएको छ।

टिप्पर चालक हेटौंडा उपमहानगरपालिका–७ बस्ने सौगात श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताए।

प्रकाशित: १७ असार २०७६ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App