२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

चिठ्ठासहित भारतीय पक्राउ

सुरुङ्गा– चिठ्ठासहित एक भारतीय नागरिक आज भद्रपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बगाल दार्जिलिङ जिल्ला डेङगुजोत निवासी  २० वर्षीय मोहमद एनसउल रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

विशेष सूचनाको आधारमा उनलाई भद्रपुर–६ स्थित भानुनगर नजिकैबाट पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले पश्चिम बगाल र नागालैण्ड स्टेट कम्पनीको १२० ठेली चिठ्ठा (लट्री) बरामद गरेको छ।

पछिल्लो समय नेपाली सीमावर्ती बजारमा भारतीय चिठ्ठा (लट्री) बेचविखन गर्ने कारोवारीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। नेपालमा प्रतिबन्धित मानिएको भारतीय चिट्ठाको कारोवार बढेसँगै नेपालीको लाखौँ रुपैयाँ भारत गइरहेको छ। चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमतिमाबाहेक कसैले पनि चिठ्ठाको खरीद बिक्री गर्ने काम गर्न वा गराउन नपाइने उल्लेख गरिएको छ। रासस

प्रकाशित: १३ असार २०७६ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App