१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नक्कली डिएसपी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको डिएसपीको पोसाक लगाएकाे फाेटाे मोवाइलमा राखेर मानिसहरूलाई धम्क्याउँदै आएका एक जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला घरभइ काठमाडौंको जोरपाटी बस्दै आएका ३८ वर्षे नारायण भनिने भोला गौतम रहेका छन्। उनले आफू नेपाल प्रहरीको डिएसपी हुँ भन्दै मानिसहरुलाई धाकधम्की दिदै आएका थिए। उनले सार्वजनिक स्थानमा विकास वस्नेत र सुजन प्रसाईलाई हातपात तथा लछार/पछार समेत गरी अभद्र व्यवहार व्यवाहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

उनलाई महाशाखाको टोलिले आज काठमाडौंको बौद्ध नयाँवस्तिबाट पक्राउ गरेको हो।

प्रकाशित: ५ असार २०७६ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App