१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ईक्यानले शैक्षिक मेला गर्ने

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले शैक्षिक मेला आयोजना गर्ने भएको छ। यस वर्ष ईक्यानले १३ औं संस्करणको शैक्षिक मेला असार २६ देखि २९ सम्म भृकुमण्डपमा गर्न लागेको हो।

यस शैक्षिक मेलाबाट विधार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सहि जानकारी र परामर्श पाउन् भन्ने अपेक्षा रहेको ईक्यानका अध्यक्ष विष्णु हरी पाण्डेले बताए। मेलामा सहभागिताको लागि विभिन्न देशका राजदूतवास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको ईक्यानले बताएको छ। मेलामा श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्टे«लिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागिता हुनेछ। नेपाली विधार्थीहरुलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नु मेलाको प्रमुख उद्देय रहेको अध्यक्ष पाण्डे बताउँछन्।  

ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस मेलामा चारै दिन रक्तदान कार्यक्रमको समेत आयोजना गरिने र प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्पको पनि व्यवस्थापन गरिने ईक्यानका सचिब दिपक राज भुसालले बताए। विगत १३ वर्ष देखि शैक्षिक मेलाको आयोजना गर्दै आएको ईक्यानले यस वर्षको मेला अरु भन्दा पृथक  हुने तथा विगतका मेलामा भएका त्रुटीलाई समेत हटाएर व्यवस्थित बनाउनेमा जोड दिन्छन्, भुसाल। वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कान्सल्ट्यान्ट्सको व्यवस्थापनमा सम्पन्न हुने मेलाको प्रजेक्टरको रुपमा व्रिटिस काउन्सिल रहेको छ।

 

 

प्रकाशित: २ असार २०७६ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App