१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडाैं- घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सशस्त्र प्रहरी जवान केसीले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रुपमा नगद नबुझाए सामान जफत गरिदिने भन्दै रु दश हजार घुस मागेको आरोप लागेको छ। आयोगले सशस्त्र प्रहरी जवानलाई घुस लिँदालिँदै पक्राउ गरेको थियो । आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

आयोगले गत चैत १० गतेदेखि शुरु भएको माध्यामिक शिक्षा परीक्षाको अनिवार्य विज्ञान र सामाजिक अध्ययनलगायतका विषयमा प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको अभियोगमा १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले इलाका प्रहरी कार्यालय कल्याणपुर सिराहाका प्रहरी जवान दिपेन्द्रकुमार मण्डल र ब्रम्हादेव सुनरैत, राहत दरबन्दीमा कार्यरत शिक्षक अरोध यादव र विष्णुदेव यादवलगायतलाई कारवाहीको माग गर्दै मुद्दा दायर गरेको हो। माध्यामिक शिक्षा परीक्षाको प्रश्नपत्र अनधिकृतरुपमा निकाली परीक्षा शुरु हुने निर्धारित समय अगावै सार्वजनिक गरी गैरकानुनी लाभ पु¥याएको पाइएको छ। रासस

प्रकाशित: २८ जेष्ठ २०७६ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App