११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

मौलिक सम्पदा जोगाउनु आवश्यक

भक्तपुर – नेपालको मौलिक सम्पदा जोगाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्। हाम्रो ज्ञान, परम्परा मौलिक सम्पदामा निहित हुने भएकोे यसको जर्गेना आवश्यक भएको उनीहरुको भनाइ थियो।

सहृदयता समाज नेपाल र सहृदय उद्यमशीलता संस्थाको संयुक्त आयोजनामामा ‘मौलिक सम्पदामा निहित ज्ञान परम्परा’ विषयमा भक्तपुरमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले नेपालका आफ्नो भाषा, संस्कृति, परम्परा, रहनसहन, चालचलन, रितिरिवाजलाई जोगाई आफ्नो मौकिलता कायम हुनुपर्नेमा जोड दिए। कार्यक्रममा जरो किलो महाअभियानका संस्थापक अध्यक्ष डा. निमर्लमणि अधिकारीले सम्पदा भौतिक र अभौतिक हुने जनाउँदै दुवै सम्पदाको जर्गेनामा जोड दिए।

भौतिक रुपमा देखिने र नदेखिने सम्पदाहरु रहने चर्चा गर्दै उनले मठमन्दिर, पाटीपौवाहरु भौतिक र अन्य चालनचलन, जनजीवन नदेखिने अभौतिक सम्पदा दुवैको जर्गेना आवश्यक भएको बताए। स्वतन्त्र पत्रकार संघ भक्तपुरका अध्यक्ष डा. इन्दुल केसीले हाम्रो आप्mनै भाषा, संस्कृति, रहनसहनलाई जोगाई नेपालको मौलिक परिचय कायम गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा डा. गोविन्दशरण उपाध्यक्ष, बलराम प्रजापति, कृष्णराम प्रजापति, इन्जिनियर तुल्सीलाल बासुकलाले मौलिक संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे।

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App