१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

टुहुरा बालबालिकालाई भत्ता

बैतडी - दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने  भएको छ। यहाँका २० टुहुरा  बालबालिकालाई  मासिक दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए।

माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पु-याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि  मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कर्कीले बताए।

उनले भने, “टुहुरा बालबालिले आमा बुबाको अभाव  महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै किसिमको समस्या नहोस् भनेर भत्ता दिन लागेका हौँ।” उपाध्यक्ष कार्कीले जोड दिए, “भत्ताले गरीबी निवारण र अशिक्षा कारण २० वर्ष नपुग्दै गरिने बिहे पनि अन्त्य हुने अपेक्षा गरेका छौँ।”
 

प्रकाशित: १८ जेष्ठ २०७६ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App