काठमाडाैं– न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीश विश्वमङ्गल आत्रेयलाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
परिषद्को आज बसेको बैठकले न्यायाधीश आत्रेयलाई कार्यक्षमताको अभावमा पदमुक्तका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सूचना अधिकारी टेकनाथ गौतमले जानकारी दिए। उनी ललितपुर जिल्ला अदालतका न्यायाधीश थिए भने हाल परिषद्मा अध्ययनका लागि काजमा थिए।
बैठकले अर्का जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध परिषद्ले मुद्दा दायर गर्ने निर्णय गरेको छ। उनको शैशिक प्रमाणपत्र विवाद आएपछि तनहुँ जिल्ला अदालतबाट परिषद्मा काजमा थिए। अर्का जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई सफाइको मौका दिने निर्णय गरेको छ। उनी काठमाडौँ अदालतबाट परिषद्मा अध्ययनका लागि तानिएका थिए।
प्रकाशित: १४ जेष्ठ २०७६ १८:०४ मंगलबार