१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महिनावारी नियमित प्रक्रिया हो, विभेद अन्त्य गरौं: मन्त्री मगर

काठमाडौं– खानेपानी मन्त्री बीना मगरले समतामुलक समाज निर्माणका लागि महिलामाथि हुने सबै किसिमका विभेद र हिंसाको अन्त्य हुनुपर्ने बताएकी छिन्। छैटौँ अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले जातिय विभेद  र महिनावारी भएको समयमा महिलामाथि गरिने विभेदको अन्त्य गर्नुपर्ने बताएकी हुन्।

उनले महिनावारी भएकी महिला र जातिय आधारमा गरिदै आएको छुवाछुतको अन्त्य नभएसम्म महिलाले सम्मानित जीवन जीउने वातावरण श्रृजना हुन नसक्ने बताइन। महिनावारी प्राकृतिक र नियमित प्रक्रिया हो भन्ने जनचेतना लक्षित समुदायसम्म पुगे पुगेनन् भन्ने विषय नै सबै भन्दा महत्वपुर्ण भएको भन्दै उनले कार्यक्रम प्रभावकारिताको अनुगमनमा पनि ध्यान दिनुपर्नेमा जोड दिए। छैटौ अन्तराष्ट्रिय महिनावारी दिवसको यस वर्षको नारा मर्यादित महिनावारी 'अब त काम थालौ’ भन्ने रहेको छ।

प्रकाशित: १४ जेष्ठ २०७६ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App