३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

झन्डै ६ सयले गरे सगरमाथा आरोहण

सोलुखुम्बु – यो वर्ष झन्डै ६ सय जनाले सगरमाथा आरोहण गरेका छन्। यो वर्षको सगरमाथा आरोहणको सिजनसमेत सकिएको छ। सोमबार अन्तिम दिन झन्डै २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षका लागि आरोहण सकिएको आधार शिविरमा खटिएका नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

यस वर्ष अनुमति लिएका आरोही र उनीहरूका सहयोगीसमेत गरी झन्डै ६ सय जनाले सगरमाथाको शिखर चुमेको सम्पर्क अधिकृत श्रेष्ठको भनाइ छ। गत वैशाख ३१ गते बाटो बनाउने आठजना शेर्पा शिखरमा पुगेसँगै आरोहण सुरु भएको थियो।

यस वर्ष सगरमाथा आरोहणका लागि ४४ वटा समूहका ३ सय ८१ जनाले अनुमति पाएका थिए। आरोहीका लागि सहयोग गर्नेहरूसमेत शिखरमा पुग्ने भएकाले आरोहीको संख्या दोब्बरभन्दा बढी भएको हो। यस वर्ष सगरमाथा आरोहणका क्रममा १० जनाले ज्यान गुमाएका छन्।                                                           

पहिलो शिविरमा पुग्ने बाटोमा हिमनदी बढ्नुका साथै माथिल्ला शिविरमा पनि हिउँ पग्लिने क्रम सुरु भएकाले सोमबारबाट शिखरतर्फ जान सकिने अवस्था नरहेको सम्पर्क अधिकृत श्रेष्ठले बताए। अघिल्ला वर्षमा मे २९ सम्म मौसम अनुकूल रहने भए पनि जलवायु परिवर्तनलगायत कारणले पछिल्ला वर्षमा हिउँ चाँडै पग्लिन थालेको छ।

प्रकाशित: १४ जेष्ठ २०७६ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App