१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

सांकेतिक तस्बिर

दैलेख– जिल्लामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो। महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताए। सिंहको शनिबार राति ११ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ।

हत्या कसले र किन ग-यो भन्नेबारे खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले बताए। घटनामा संलग्नहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। सिंहको राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक क्षेत्रीले बताए। रासस

प्रकाशित: १२ जेष्ठ २०७६ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App