१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भीरबाट लडेर किशोरीको मृत्यु

रुकुम– रुकुम (पश्चिम)मा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको सानीभेरी गाउँपालिका ६ की १८ वर्षीया बिमला केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शनिबार बिहान घाँस काट्न गएकी बिमलाको भीरबाट लडेर मृत्यु भएको बताइएको छ।

घर नजिकैको रिड्रनाखोला भीरमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) जनाएको छ। उनी भीरबाट करिब चार सय मिटर तल खसेकी थिइन्। बिमलाको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित: ११ जेष्ठ २०७६ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App