१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राजपाद्वारा विधान संशोधन गरी एक वर्ष अवधि थप

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले पार्टी विधान संशोधन गरेर एक वर्ष म्याद थप गरेको छ। निर्वाचन आयोगले दिएको समयभित्र महाधिवेशन गर्न नसकेपछि राजपा केन्द्रीय अध्यक्षमण्डलको बैठकले विधानको व्यवस्था संशोधन गरी तीन वर्ष पु¥याएको हो। राजपाले पार्टी विधानको धारा ३१(१०) को व्यवस्थालाई संशोधन गरेको हो। ‘यसअघि पार्टीको महाधिवेशन २ वर्षभित्र गरिनेछ भनिएकोमा अहिले समयावधि बढाएर ३ वर्ष भित्र गरिने भनिएको छ,’ राजपाले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, राजपाले पार्टीमा हाल रहेको अध्यक्षमण्डलको व्यवस्था हटाउने निर्णय गरेको छ। पार्टीको महाधिवेशनपछि अध्यक्षीय प्रणालीमा जाने निर्णय गरेको छ। पार्टी विधानको धारा ३१(१२) मा रहेको व्यवस्था संशोधन गर्दै उसले भनेको छ, ‘यसअघि महाधिवेशनपछि पनि अध्यक्षमण्डलको व्यवस्था रहेकोमा अब उपरान्त महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढ्ने व्यवस्था गरिएको छ।

यसैबीच, चक्रीय प्रणालीअनुसार अनिलकुमार यादव राजपा अध्यक्षमण्डको संयोजक भएका छन्। उनले सोमबारदेखि सो पद सम्हाल्ने छन्। हाल रहेका ६ जना अक्ष्यक्षमण्डल सदस्यमध्ये संयोजक हुन उनी मात्रै बाँकी थिए। यादवसँगै राजपामा सबैले संयोजकको अवसर पाएका छन्। हाल सरतसिंह भण्डारी संयोजक थिए।

प्रकाशित: ६ जेष्ठ २०७६ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App