१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भैँसी चराइरहेका बाबुछाेरालाई जिपले १३ मिटर परसम्म घिसारेपछि...

सर्लाही– नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा शनिबार साँझ जीपकाे ठक्करबाट बाबु छोराको मृत्यु भएको छ।

सडक छेउमा भैंसी चराइरहेका बेला नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको बा १९ च २५८८ नम्बरको स्कारपियोले अनियन्त्रित भइ ४० वर्षीय जयसी राय र उनका छोरा १० वर्षीय लक्ष्मण रायलाई ठक्कर दिएकाे थियाे। दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते जयसीलाई उपचारका लागि हरिवनतर्फ ल्याउँदैगर्दा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ। 

तीव्रगतिमा रहेकाे जीप बाउछाेरालाई ठक्कर दिएपछि अनियन्त्रित भई सडकबाट ८१ फिट पर पुगेर पल्टिएकाे ट्राफिक प्रहरीले जनाएकाे छ। जिपले बाबुछाेरालाई ठक्कर पश्चात सडकबाट ४२ फिट परसम्म घिसारेर लगेकाे थियाे।

दुर्घटनामा परेकाे जीप क्षतविक्षत बनेकाे तथा चालकलाई भने नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ। अहिले स्थानीयले बाबुछाेराकै शव राजमार्गमै राखेर चक्काजाम गरिरहेका छन्।

प्रकाशित: ४ जेष्ठ २०७६ १३:०२ शनिबार

नवलपुर–मलङ्गवा दुर्घटना मृत्यु