६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ

विराटनगर– दोहोरो नागरिकता लिएको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर—९ विमलेश साह छन्। मंगलबार विराटनगर —३ स्थित खार्जीमा सवारी चालक अनुमतिपत्र  जाँच गर्नेक्रममा  चालक अनुमतिपत्रसँगै भारतीय आधारकार्ड फेला परेपछि साहलाई पक्राउ  गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

विराटनगरको खार्जीमा सवारीसाधनको लाइसेन्स जाँच गर्नेक्रममा साहको पर्सबाट ०२–५०४१९९ नम्बरको नेपाली सवारीचालक अनुमतिपत्र  र २४१६५७५०१५०५ नम्बरको  भारतीय आधारकार्ड फेला परेको थियो। भारतीय आधारकार्ड र नेपाली सवारीचालक अनुमतिपत्र फेलापरेपछि दोहोरो नागरिकता लिएको आशंकामा साहलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठका अनुसार पक्राउ परेका साहलाई जिल्ला अदालतबाट दोहोरो नागरिकता किर्ते गरेको कसुरमा म्याद थप गरी नागरिकता ऐन २०६३ बमोजिम अनुसन्धान थालिएको छ।

 

प्रकाशित: १ जेष्ठ २०७६ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App