१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

टिप्पर र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, २ घाइते

महोत्तरी– रोकिराखेको टिप्परलाई तिव्र गतिमा आएको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिवास ४ मा बिग्रेर मर्मतको लागि रोकिराखेको बा५ख ४२२२ नम्बरको टिप्परमा तिव्र गतिमा आएको ना६ख ३०२० नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा सिन्धुली तिनपाटन नगरपालिका २ बस्ने २४ वर्षीय टिप्पर चालक दिनेश मानन्धर र सोही ठाउँ बस्ने २४ वर्षीय टिीपरका सहचालक नबिन मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

दुर्घटनामा ट्रक चालक मोरंग बिराटनगर महानगरपालिका १२ बस्ने ४२ वर्षीय नवराज राउत र टिप्परमा सवार सिन्धुली जिल्ला तिनपाटन नगरपालिका २ बस्ने ३५ वर्षिय रमेश मानन्धर घाइते भएका छन्। 

घाइते दुवैको स्वास्थ्य अवस्था गम्भीर रहेको र थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३० वैशाख २०७६ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App