१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पढाउन थालेकी वडासदस्यले भनिन् – 'राजनीति गर्न मन लागेन’

सोलुखुम्बु – सोलुखुम्बुकी एक खुला महिला सदस्यले शिक्षण पेसा सुरु गरेकी छन्।

नेचासल्यान गाउँपालिका ५ की वडासदस्य रीताकुमारी शर्माले सोलुदूधकुण्ड नगरपालिका १ हेवास्थित दूधकुण्ड आधारभूत विद्यालयमा नियुक्ति लिएको टाक्सिन्दुका वडासदस्य उत्रमान राईले जानकारी दिए।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट विजयी भएकी हुन्। एक वर्षपछि वाम गठबन्धनमा प्रवेश गरेकी उनले विद्यालयले जारी गरेको सूचनाका आधारमा आवेदन दिई परीक्षामा उत्कृष्ट बनेपछि करारमा शिक्षण पेसा सुरु गरेको विद्यालयले जनाएको छ।

वडासदस्य शर्मा पदबाट राजीनामा नदिई शिक्षकमा नियुक्ति भएकी हुन्। शुक्रबार विद्यालयबाट नियुक्ति लिएर नगरपालिकाको शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय इकाइमा जानकारी गराएको शर्माले बताइन्। भनिन्, ‘आइतबार पदबाट राजीनामा दिने सोच बनाएकी छु।’ राजनीतिबाट वितृष्णा जागेर आएकाले शिक्षण पेसा रोजेको शर्माले बताइन्।

प्रकाशित: २८ वैशाख २०७६ १३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App