१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

रुपन्देहीको ककरहवा नाका बन्द

रूपन्देही- भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ। नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिए। उनका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवानी हुने काम भने रोकिने छैन।

'केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन', प्रमुख जिल्ला अधिकारी रानाले भने। करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले बन्द गर्ने निर्णय गरेको थियो। भारतको उत्तरप्रदेशस्थित सिदार्थनगरमा निर्वाचन हुँदैछ। भारतको सो जिल्लासँग रुपन्देहीको ककरहवा नाका जोडिएको छ।

त्यसैगरी कपिलवस्तुको कृष्णनगर, खुनुहवा, चाकरचौडा नाकासमेत बन्द हुने बताइएको छ। नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ। रासस

प्रकाशित: २७ वैशाख २०७६ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App