१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ठेकेदारद्वारा कुटिए पेटी ठेकेदार

सोलुखुम्बु – जिल्ला प्रशासन कार्यालयपरिसरमा पेटी ठेकेदार कुटिएका छन्। ठेकेदार राजकुमार श्रेष्ठले आफूलाई प्रशासन हातामै कुटेको पेटी ठेकेदार टेकबहादुर थापाले बताएका छन्।

पीडित थापाले जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहेका छन्। उनको खुट्टा र शरीरका केही भागमा निलडाम देखिएको आफन्तले बताए। प्रशासनको निर्माणाधीन भवनको काम गर्दै आएका श्रेष्ठले पेटी ठेकेदारको रूपमा थापालाई जिम्मेवारी दिएका थिए। ठेकेदार राजकुमार श्रेष्ठले भने आफूले हात नलगाएको प्रतिक्रिया दिएका छन्। कामको जिम्मेवारी लिएका थापा लामो समय काममा नआएपछि मुखले गाली गरेको तर आरोप लगाएजस्तो हातपात नगरेको श्रेष्ठको दाबी छ। पेटी ठेकेदार थापाले भने समयमा निर्माण सामग्री नदिएको र तोकिएको भन्दा कम गुणस्तरको सामग्री प्रयोग नगरौं भन्दा नमानेको झोंकमा आक्रमण गरेको आरोप लगाएका छन्।

पीडितले न्यायका लागि प्रहरी प्रशासन गुहारेपछि उजुरी नहाल्न र मिलेर जान दबाब सृजना गरेको थापाकी श्रीमतीले बताइन्। पीडितको उपचारमा खटिएका एक चिकित्सकले भने थप उपचारका लागि काठमाडौं लैजान सल्लाह दिएको बताएका छन्। ‘बिरामीले टाउकोमा मुक्का प्रहार गरेको बताएका र पटकपटक वान्ता गरेपछि सिटिस्क्यानका लागि राजधानी लैजानुस् भनेका छौं,’ ती चिकित्सकले भने।।

प्रकाशित: १३ वैशाख २०७६ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App