१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गर्ने क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । बुधबार बिहान ११ बजे उड्नुपर्ने नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ००१ बीस मिनेट ढिलो उडेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिका फेरबदल हुन पुग्यो ।

विमानस्थलका प्रवक्ता प्रताप तिवारीले राष्ट्रप्रमुख अन्तर्राष्ट्रिय भ्रमणमा प्रस्थान गर्दा स्वाभाविक रुपमा उडान तालिका फेरबदल हुने बताए । ‘विमान ११ः१० बजेभित्र उड्नुपर्ने थियो तर राष्ट्रपति विमानस्थल आइपुग्न करिब २० मिनेट ढिला भयो,’ उनले भने, ‘विशिष्ट व्यक्तित्वहरु भएका कारणले पनि ढिला भएको हो । सबैको चाहना नहुँदानहुँदै पनि केही समय आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो ।’

उनका अनुसार दुईवटा अन्तराष्ट्रिय उडान होल्ड गर्नुपरेको थियो । विशिष्ट व्यक्तिका ‘ब्यागेज’ समयमा नआउँदा पनि राष्ट्रपतिको चीन उडानमा समस्या भएको तिवारीको भनाइ थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार श्रेत्रीले अन्तर्राष्ट्रिय उडानमा समान्य फेरबदल भएको प्रतिक्रिया दिए ।

प्रकाशित: १२ वैशाख २०७६ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App