२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुनसरीमा टाउको काटिएको अवस्थामा शव फेला

इटहरी - नगरपालिकाको वडा नम्बर ७ मा एक पुरुषको शव फेला परेको छ। हत्या भएका व्यक्ति वडा नम्बर ७ चाँदवेलाका २५ बर्से ऋषिदेवको हत्या भएको प्रहरीले बताएको छ। धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

सोमबार बिहान घरमै टाउको काटिएको र घाटीमा कपडा बेरिएको अवस्थामा शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

‘हत्या भएको सूचना पाएपछि प्रहरी पुग्दा घरमा उनकी श्रीमती विमला र दुई जना छोराछोरी थिएनन,’ डीएसपी ज्ञानेन्द्र फूयालले भने, ‘श्रीमती छोराछोरी लिएर फरार हुँदा उनले नै हत्या गरेको आशंकामा अनुसन्धान थालिएको छ।’
विमलालाई पक्राउ गर्न खोजतलास थालिएको छ।

मुकेश केही वर्षदेखि बाबुआमासँग छुट्टिएर अलगै बस्दै आएका थिए। घरमा बिहान अबेरसम्म सुनसान भएपछि मुकेशकी आमाले गएर घरमा हेर्दा हत्या भएको पत्ता लागेको थियो। मुकेशको शव पोष्टमार्टम गर्नका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

प्रकाशित: ९ वैशाख २०७६ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App