२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पिपरा गाउँपालिका अध्यक्षको निधन

महोत्तरी–  पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आज बिहान निधन भएको छ। केही दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौँं लगिएकामा ४५ वर्षीय चौधरीको आज उपचारका क्रममा काठमाडौँंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए।

राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको आज बिहान १० बजे काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको संयोजक यादवले बताए। अध्यक्ष चौधरीले निर्वाचित भएदेखि नै पटक पटक बिरामी भएर भारतको दिल्लीसम्म उपचार गराउएका थिए। पाँच/छ दिनअघि पुनः बिरामी भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो।

चौधरीको शव जिल्ला ल्याउने तयारी भइरहेको छ। रासस

प्रकाशित: ८ वैशाख २०७६ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App