१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जिप दुर्घटनामा ८ जना घाइते

दुलेगौँडा(तनहुँ)– भिमादको जुकेपानीमा यात्रुबाहक जिप दुर्घटनामा परेको छ।  भिमाद बजारदेखि आधामारतर्फ जाँदै गरेको ग १ ज ६५२५ नम्बरको जिप जुकेपानीमा सडकमा पल्टिदा ८ जना यात्रु घाइते भएका छन्। 

भिमाद–१ काउलेका ४२ बर्षीय तारा बिक, २४ बर्षीया सीता थापा, ६६ बर्षीया शोभा थापा, ४० बर्षीया पार्वती थापा घाइते भएको प्रहरीले जनाएको छ। यस्तै, सोही स्थानका २२ बर्षीया शान्ति थापा, ४० बर्षीय पूर्ण परियार, ३५ बर्षीया सेतीमाया परियार र २२ बर्षीया पविना थापा घाइते भएका छन्।

घाइतेको अवस्था सामान्य रहेको र गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। जिप चालक प्रहरीको नियन्त्रणमा छन्। 

प्रकाशित: ७ वैशाख २०७६ १५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App