१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुत्केरी बचाउन कैदीले गरिन् रक्तदान

रुकुम - ब्लड बैंक नहुँदा सल्यानमा बिरामी तथा सुत्केरीलाई सधैं समस्या हुने गरेको छ। रगत अभावमा बिरामीको ज्यान बचाउन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानले रगत दिँदै आएका छन्। कहिलेकाहीँ त अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले नै रगत दिने गरेका छन्। 

शनिबार जिल्ला अस्पताल सल्यान खलंगामा उपचार गराउन आएकी एक सुत्केरीको ज्यान कैदीले बचाएका छन्। रोल्पा गंगादेव गाउपालिका ७ की २१ वर्षीया मनिषा केसी (ओली)लाई जिल्ला अस्पताल सल्यानमा रगत अभाव भएपछि कैदी पूजा घर्तीमगरले दिइन्। कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागारमा रहेकी उनले रगत दिएको अस्पतालले पुष्टि गरेको छ। 

कैदी घर्तीका साथै सशस्त्र प्रहरीका जवान गोपाल बस्नेत, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अंकित चन्द, स्टोरकिपर मनोज सिंहले पनि रक्तदान गरेको बताइएको छ। शुक्रबार बिहान ८ बजे देखि सुत्केरी व्यथा लागे पनि मनिषालाई शनिबार बिहान ७ बजे मात्रै सल्यान अस्पतालमा ल्याइएको थियो।

गर्भमा रहेको बच्चा अस्पताल पुग्नुअघि नै मृत्यु भएपछि डाक्टरले शल्यक्रिया गरेर बच्चा निकालेका थिए। उक्त क्रममा मनिषालाई अत्यधिक रगत चाहिएको थियो। 

प्रकाशित: ७ वैशाख २०७६ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App