९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सुरुङमार्गको ब्रेक थ्रु (फोटो फिचरसहित)

सुर्खेत - प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालमै पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम)मार्फत १२.२ किलोमिटर लामो सुरुङमार्गको ब्रेक थ्रु गरिएको छ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल निर्माणको ब्रेक–थ्रु गर्न प्रधानमन्त्री भेरी किनारको चिप्लेमा पुगेका थिए।

प्रधानमन्त्रीले स्वचालित मेसिनले सञ्चालन हुने टिविएमको स्वीच थिचेर ब्रेक–थ्रुको घोषणा गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीले चुरे शृंखलाको कलिलो पहाडमा सुरुङ निर्माण गर्नु ज्याँदै चुनौतीपूर्ण भए पनि समय अगावै काम सम्पन्न भएकोमा खुशी व्यक्त गरे। उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पना साकार गर्नका लागि प्रविधिको प्रयोग गर्दै ठूला योजनाहरु निर्माणमा सरकार केन्द्रीत रहेको बताए।

भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत र प्रदेश ५ का बर्दिया र बाँकेका ५२ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यसहितको यो आयोजनामा नेपालमै पहिलो पटक टिविएमको प्रयोग गरिएको थियो। समय अगावै टिविएमले १२.२ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको हो। 

टिविएम मेसिन २७४ मिटर लामो छ। ब्रेकथ्रु कार्यक्रममा एक सेन्टीमिटर भाग मात्रै जमिन बाहिर देखाइएको थियो। सुरुङमार्गको ब्रेक–थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, चीन र अमेरिकाका राजदूतहरु, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो। 

प्रकाशित: ३ वैशाख २०७६ १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App