४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सर्लाही– सर्लाहीस्थित लालबन्दी नगरपालिका–११ हीरापुरमा बिहान मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। ना३८ प ८२९५ नम्बर मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया मीना जर्गा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

घर अगाडि बाटोमा बसिरहेकी मगरलाई बाहुनीबाट लालबन्दीतर्फ तीव्र गतिमा आइरहेको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते मीनाको लालबन्दीस्थित टेक्सास हेल्थ केयरमा उपचार गर्दागर्दै मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरण न्यौपानेले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै चालक भने मोटरसाईकल घटनास्थलमै छाडेर फरार भएका छन्। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: १ वैशाख २०७६ ०८:४२ आइतबार

ठक्कर मृत्यु