१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भ्रमणमा निस्किएकाे बस पल्टियाे, तीनको घटनास्थलमै मृत्यु

सर्लाही - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। साेही दुर्घटनामा परी ३१ जना घाइतेसमेत भएका छन्।  

काठमाण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बा.३.ख १३१८ नम्वरको बस पल्टिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएकाे छ। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिँएको हो।

दुर्घटनामा ज्यान गुमाएका सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको हो।

दुर्घटना परी ३१ घाइते भएकामध्ये ४ जना अवस्था गम्भीर रहेकाेलेथप उपचारका लागि विराटनगरतर्फ लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १ वैशाख २०७६ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App