महोत्तरी - बलबा नगरपालिका ८ का वडाध्यक्ष लोकेन्द्र महतोको उपचारका क्रममा बिहीबार निधन भएको छ।
६५ बर्से उनलाई छाति दुखेपछि जनकपुरस्थित रामजानकी अस्पताल भर्ना गरिएको थियो। महताको बिहीबार २ बजे निधन भएको परिवारले जनाएको छ। संघीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका उनी यसअघि पनि पटक पटक वडाध्यक्षमा निर्वाचित भइसकेका थिए।
पञ्चायतकालमा २ पटक, बहुदल आएपछि १ पटक र संघीय लोकतान्त्रिक गणतन्त्रमा १ पटक गरी महतो ४ पटक वडाध्यक्ष भएका थिए।
प्रकाशित: २१ चैत्र २०७५ १६:०५ बिहीबार