९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

भाइले खुकुरी प्रहार गर्दा दाजु गम्भीर घाइते

खोटाङ– आफ्नै भाइको खुकुरी प्रहारबाट खोटाङमा दाजु गम्भीर घाइते भएका छन्। घरायसी विवादमा आफ्नै २२ वर्षीय भाई बालजित राईको खुकुरी प्रहारबाट केपीलासगढी गाउँपालिका(७ सुंदेलका २५ वर्षीय अष्टबहादुर राई गम्भीर घाइते भएका हुन्। खुकुरी प्रहारबाट उनको दुबै हातको छालामा मात्र छिन्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए। 

उनीमाथि शनिबार बिहान खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट गम्भीर राईलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि काठमाडौं पठाइएको छ। दाजुलाई खुकुरी प्रहार गर्ने भाइलाई सोही स्थानको सिमपानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न एक जना भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण अझै खुल्न बाँकी रहेको डिएसपी केसीले बताए। 

प्रकाशित: १६ चैत्र २०७५ १३:५१ शनिबार

खुकुरी_प्रहार भाइ दाजु गम्भीर_घाइते