२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

खोटाङ– माटोको ढिस्कोले पुरिएर खोटाङमा महिलाको मृत्यु भएको छ। रातो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीय तारा खड्काको मृत्यु भएको हो। 

घर पोत्ने रातो माटो लिनका लागि डेढ घण्टा टाढा पर्ने साकेला गाउँपालिका–५ मात्तिमस्थित कामीसरा पुगेकी खड्काको ढिस्कोले पुरिएर सोमबार मृत्यु भएको हो। खड्काको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए। खड्का माटो लिनका लागि आफन्तसहित कामीसरा पुगेकी थिइन्। माटोले पुरिए लगत्तै आफन्तले ढिस्कोबाट निकाले पनि उनको मृत्यु भइसकेको स्थानीयले बताएका छन्। 

गाउँघरमा घर पोत्नका लागि रातो र सेतो माटो खन्ने प्रचलन छ। दशैंतिहारको समयमा बढी माटो खन्ने प्रचलन भए पनि बेमौसममा दुर्घटना घटेको डिएसपी केसीले बताए। 

प्रकाशित: ११ चैत्र २०७५ १४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App