१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

खोटाङका डढेलोपीडितलाई राहत

तस्बिर : दुबेकोलका डढेलोपीडितलाई राहत रकम प्रदान गर्दै खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका प्रतिनिधि वर्णकुमार राई।

खोटाङ : खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोपीडित चार परिवारलाई राहत प्रदान गरेको छ।

गत चैत्र १ गते स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–५ दुबेकोल घलेगाउँका गोपाल पाण्डे, भीम पाण्डे, युवप्रसाद पाण्डे र ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलालाई राहत रकम प्रदान गरेको हो।

डढेलोले घर जलेपछि कष्टकर जीवन बिताइरहेका पीडितलाई प्रतिपरिवार ५ हजारका दरले राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्षमा युगसन किरातले बताए। 

प्रकाशित: ७ चैत्र २०७५ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App