१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ

सप्तरी- सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ।

सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बोदेबर्साइन नगरपालिका–५ मा तयारी शृङ्गार र कपडा पसल सञ्चालन गरिबसेका हकलाई गत फागुन २५ गते पसलबाट घर फर्कने क्रममा बाटाबाटै अपहरण गर्न खोजिएको थियो। अपहरण गरी भारततर्फ लैजान लागेको बेला सीमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि अपहरणकारी भागेको र आफ्नो ज्यान जोगिएको हकले बताए। सीमा सुरक्षा बलका भारतीय प्रहरीले समेत सो कुराको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

पसल बन्द गरी मोटरसाइकलबाट घर फर्किरहेका बेला हतियारसहित नकाव लगाएका आठ–दश अपहरणकारीले कुटपिट गरी अपहरण गर्न खोजेको हकले बताए। “अपहरणकारीसँग कटुवा पेस्तोलसमेत रहेको थियो, गम्छाले हात बाँधेर डाकनेश्वरीको हटेल हुँदै भारतको लौकहीतर्फ लैजान लागेको बेला भारतीय प्रहरीको टोलीका कारण म जोगिएँ”, उनले भने।

कुटपिटबाट घाइते हकको पिँठ्युभरि निलडाम लागेको छ भने टाउको फुटेको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइरहेका हकको हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। रासस 

 

प्रकाशित: ५ चैत्र २०७५ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App