१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ओरालोमा रोकेको गाडी गुड्दा १ जनाको मृत्यु, ९ घाइते

डडेल्धुरा– भिरालो ठाउँमा रोकेको यात्रु बाहक गाडी गुड्दा १ जनाको ज्यान गएको छ। ९ जना घाइते छन्। एकको अवस्था चिन्ताजनक छ। डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्ग अन्तर्गत गन्याधुरा गाउँपालिका–३ गुयलखेतमा रोकेको बा २ ख १६६५ नम्बरको माइक्रो गाडी (हाइस) गुड्दा दुर्घटनामा भएको प्रहरीले जनाएको छ। 

प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीका अनुसार घटनामा डोटीको सायल गाँउपालिकाका ३६ बर्षीय गणेश साउदको मृत्यु भएको छ। उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। डोटी खतिवडाका ५७ बर्षीय कैल्या ढोलीको अवस्था चिन्ताजनक छ।

डोटीको सिलगढीबाट धनगढी जाँदै गरेकोे सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको हो। गाडी सडक भन्दा करिब ३० मिटर तल खसेको छ। 

दुर्घटनामा दिपायल सिलगढी नगरपालिकाका ५० बर्षीया कला दमाई, ३७ बर्षीय लक्ष्मी नेपाली दमाई, शिखर नगरपालिका–११ का ६२ बर्षीय जय दमाई, उनकी श्रीमती ४५ बर्षीय विश्ना दमाई र उनका छोरा ३ बर्षीय उद्धव दमाई, बारबाटा डोटीका ४० बर्षीय राजु नेपाली, गन्यापधुरा ५ का इश्वरसिंह टमटा र कैलाली जानकी २ का वीरबहादुर रोक्का मगर सामान्य घाइते भएका छन्।

घाइते सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।  हाइस चालक विनय बोहरा र गाडी मालिक देवसिंह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

भिरालो ठाउँमा हाइस राखेर चालक फोनमा कुरा गर्न बाहिर गएको बेला गाडी घिस्रिएर दुर्घटना भएको प्रहरी अनुसन्धानमा खुलेको छ। 

प्रकाशित: ४ चैत्र २०७५ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App