१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

किशोरी समानताका लागि अभियान

काठमाडौं- प्लान इन्टरनेशनलको विश्वव्यापी सामाजिक अभियान गल्स गेट इक्वेल नेपालका पाँचवटा प्रदेशमा कार्यक्रम गरी शुरुवात गरिएको छ। अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सुनसरी, रौतहट, मकवानपुर, बाग्लुङ र बाँकेमा आयोजित कार्यक्रममा किशोरीका लागि समान शक्ति प्रदान गर्नु पर्ने सन्देश सहित अभियान शुरु भएको हो।

किशोरीको अधिकार र सशक्तिकरणका लागि पैरवी गरिरहेका पाँच जना किशोर किशोरीले अभियान शुभारम्भ कार्यक्रममा बालविवाह, मानव बेचविखन, महिला हिंसा, विभेद जस्ता समस्याविरुद्ध आफ्नो अगुवाइमा भएका गतिविधि समेटेर सहभागीलाई कथा सुनाएका थिए। उनीहरुले लैंगिक समानताका लागि महिला र किशोरीलाई समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्व प्रदान गर्नुपर्ने माग समेत गरेका छन्।

अभियान घोषणा कार्यक्रममा सम्वन्धित क्षेत्रका जनप्रतिनिधि, नागरिक संस्थाका प्रतिनिधि, महिला समूह र किशोरी सञ्जाल, बालक्लव, युवा क्लवका प्रतिनिधि लगायतको सहभागीता थियो। अभियान घोषणा कार्यक्रम प्लान इन्टरनेशनल नेपाल, नेपाल युवा संस्था सञ्जाल (आयोन) र परिवर्तनका लागि हामी नामक संस्थाको समन्वयमा भएको हो।

 

 

प्रकाशित: २५ फाल्गुन २०७५ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App