१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

केन्द्रीय तथ्यांक विभागले आन्तरिक पर्यटक उपभोग सर्वेक्षण गर्ने

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले आन्तरिक पर्यटक उपभोग सर्वेक्षण गर्ने भएको छ। विभागले चार करोड रुपैयाँ खर्चेर नयाँ सर्वेक्षण गर्न लागेको  विभागका निर्देशक डा. जिष्णुमोहन भट्टराईले बताए। सर्वेक्षणले टुरिजम स्याटालाइट एकाउन्ट बनाउन मुख्य भुमिका खेल्छ,’ उनले भने ‘सर्वेक्षणको लागि प्रश्नावलीको अन्तिम रुप दिने तयारी भइरहेको छ ।’

सरकारले सो सर्वेक्षण गर्नको लागि पहिला पाँच सय घरपरिवारमा पाइलट स्टडि गर्ने भएको छ। ५० लाख रुपैयाँ खर्चेर विभागले पाइलट सर्वेक्षण गर्न लागेको हो। उक्त सर्वेक्षणबाट आएको नतिजाबाट मुख्य सर्वेक्षण गर्ने विभागले जनाएको छ।

सहरी र ग्रामीण दुबै क्षेत्रलाई समेट्ने गरिने उक्त सर्वेमा समेटिएका प्रश्नावलीले आन्तरिक परिवारले घुम्ने अवधिदेखि गर्ने खर्चसम्मका विषय वस्तु समेटिएका छन्। आगामी आवबाट उक्त सर्वेक्षण गर्ने विभागले जानकारी दिएको छ।

यस सर्वेक्षणको लागि विभागले १० पेजको प्रश्नावली तयार पारेको छ। आन्तरिक पर्यटकले एक वर्षमा गरेको यात्रा तथा सो यात्रामा गरेको खर्चको विवरण समेटिने छ। घुम्न जाँदा आवास, खाना तथा पेय पदार्थमा भएको खर्च, यातायातमा भएको खर्च, किनमेलमा भएको खर्च निकालिने छ ।

मनोरञ्जन, धार्मिक, सांस्कृतिक र स्वास्थ्य सम्बन्धि क्रियाकलापमा भएको खर्च समेत निकालिने छ। प्रश्नावलीमा एक महिना तथा ३० दिनमा गरेको भ्रमण, भ्रमणको प्रकृति र सो अवधिमा भएको खर्च समेत निकालिने विभागले निर्देशक डा. भट्टराईले बताए।

प्रकाशित: २३ फाल्गुन २०७५ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App