१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश नामकरण र मुकाम तोक्ने समितिको म्याद पुनः थप

बुटवल – प्रदेश ५ को नामकरण र स्थायी मुकाम तोक्न बनेको विशेष समितिको म्याद प्रदेशसभाको आजको बैठकले पुनः तीन महिना थपेको छ। 

यो सँगै समितको म्याद दुई पटक थप भएको हो। तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी गत साउनमा गठन भएको समितिको म्याद कामै सुरु नगरी सकिएको थियो। पछि पुनः ३ महिना म्याद थप गरिएको थियो। पहिलो पटक थप गरिएको विशेष समितिको म्याद यही फागुन २६ गते सकिँदै छ। 

विशेष समितिले प्रदेशअन्तर्गतका सबै जिल्ला सदरमुकाममा पुगी सुझाव संकलन तथा अन्तक्र्रियासमेत गरिसकेको छ। विशेष समितिले प्रतिवेदन तयार गर्न समय लाग्ने भएकाले ३ महिनाका लागि म्याद थप्नुपरेको सभामुख पूर्णबहादुर घर्तीले बताए।

प्रदेशको स्थायी मुकाम र नामकरणसम्बन्धमा विशेष समितिले जिल्ला जिल्लामा पुगेर राय सुझाव लिएको थियो। समितिको म्याद पुनः ३ महिना थप गरिएकोमा प्रदेशसभा कतिपय सदस्य भने रुष्ट छन्। प्रदेशसभाको आजको बैठकमा प्रदेश ५, स्वास्थ्य संस्था स्थापना, सञ्चालन नवीकरण तथा स्तरोन्नति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश ५, बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ।

विधेयकहरुमाथिको छलफलमा प्रदेशसभा सदस्यहरु तिलकराम शर्मा, जालपा भुसाल, कमला विक, गीता थापा र दीपा विकले सहभागिता जनाए।  बैठकमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश ५, खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरे।

प्रहरी ज्यादती अन्त्य गर्न सभासद्को माग          
त्यसअघि प्रदेशसभाको शून्य समयमा साभासदहरुले बर्दिया प्रहरीले बिनाकारण सभासद्को घरमा रातको समयमा पसेर ज्यादती गरेको भन्दै छानबिन गरी दोषीउपर कार्बाही गर्न माग गरेका छन्।

बुधबारको प्रदेशसभा बैठकमा विशेष समयमा प्रतिपक्ष संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीको घरमा मंगलबार राति महिला महिला केटाकेटी मात्रै रहेको अवस्थामा जबरजस्ती प्रवेश गरी आतंक मच्चाएको भन्दै घटनाको सत्य तथ्य छानबिन गरी सदनलाई जानकारी गराउन र दोषीलाई कार्बाही गर्न माग गरेका हुन्। 

प्रकाशित: २२ फाल्गुन २०७५ १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App