५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

हत्याका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

इलाम - छिमेकीको हत्या गरी फरार रहेका एक वृद्धलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको साविक जोगमाई गाविस–९ (हाल सूर्याेदय नगरपालिका–१) का ७३ वर्षीय रणबहादुर राईलाई पशुपतिनगरस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरिएको हो।

२०४७ साल वैशाख ४ गते राईले छिमेकी धर्मध्वज थापालाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। ‘फरार सूचीका रहेका राईलाई पशुपतिनगर इलाका प्रहरी कार्यालयको टोलीले सीमाक्षेत्रबाट पक्राउ गरेको हो,’ जिल्ला प्रहरी प्रमुख एसपी माधव श्रेष्ठले भने, ‘राईलाई सर्वाेच्चले जन्मकैदको फैसला सुनाएकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरी अदालतमा बुझाइएको छ।’

जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रकाश ढुंगानाको इजलाशले २०७० पुस २४ मा राईलाई हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो। तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश उदयप्रकाश चापागाईंको इजलाशले २०७१ भदौ २० मा जिल्लाको फैसला सदर गरेको थियो।  सर्वाेच्चका न्यायाधीश चोलेन्द्रसमशेर जबरा र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले २०७३ चैत २४ मा राईलाई सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो।

प्रकाशित: १९ फाल्गुन २०७५ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App