८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

एसएसपी बढुवा सिफरिसमा असन्तुष्टि

काठमाडौं - नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ। एसपीबाट एसएसपीमा सन्दीप भण्डारी र डिएसपीबाट एसपीमा रमेशकुमार बस्नेतको १ नम्बरमा बढुवा सिफारिस गरिएको छ। तर एसएसपी बढुवाप्रति असन्तुष्टि जनाउँदै महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले भने राजीनामा दिएका छन्। उनले यो बढुवाले आफूलाई अन्याय भएको जनाउदै राजीनामा दिएका हुन। आफूभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै उनले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन्।

नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार उनीहरूलाई बढुवाका लागि सिफारिु गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ। यसरी एसएसपी बढुवा सिफारिस भएकामा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, डा.गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम ढकाल छन्। किरण राणा भने यो बढुवामा छुटेकी छन्। प्रहरीमा ३० वर्षे सेवा अवधि कायमै रहे भण्डारीसहतिको टोलीले प्रहरी महानिरीक्षक हुने अवसर प्राप्त गर्नेछ।

यस्तै, डिएसपीबाट एसपीमा बढुवा सिफारिश हुनेमा रमेशकुमार बस्नेत, हीराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, डा मेखबहादुर खत्री, विनोद सिलवाल, भीमबहादुर दाहाल, रमेश थापा, प्रकाश रानाभाट, विमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरहादुर बुढामगर छन्।

प्रकाशित: २८ माघ २०७५ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App