१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

संसदीय पत्रकार मञ्च गण्डकीमा शर्मा

पोखरा - संसदीय पत्रकार मञ्च, गण्डकीको प्रथम अधिवेशनबाट अध्यक्षमा लालप्रसाद शर्मा चयन भएका छन्। अधिवशेनले शर्मा सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। मञ्चको शुक्रबार सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा शर्मासहित नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। शर्मा यसअघिको तदर्थ समितिको पनि अध्यक्ष थिए।

नवगठित समितिको उपाध्यक्षमा भरत कोईराला, सचिवमा विशन क्षेत्री, कोषाध्यक्षमा रोहितराज पराजुली र सह–सचिवमा तारादेवी चापागाईलाई चयन गरेको छ। समितिको सदस्यहरुमा प्रकाश ढकाल, सागरराज तिमिल्सिना, युवराज श्रेष्ठ, उमेश पुन, उमा आलेमगर र युवराज गुरुङ रहेका छन्।

गत वैशाख २६ गते गठित तदर्थ समिति पछि पहिलो अधिवेशनले २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो। प्रदेशसभा, प्रदेश सरकार र स्थानीय सरकार सञ्चालन र गतिविधिको समाचार लेख्दै आएका पत्रकारहरु मञ्चमा आबद्ध छन्।

अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गरेका थिए। उद्धाटनमा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेशसभा र प्रदेश सरकारको विषयमा सत्तापक्ष र प्रतिपक्ष समन्वयात्मक तरिकाले काम गरिरहेको बताए । यस्तै, प्रदेशसभा र प्रदेश सरकारका विषयमा सत्य तथ्य समाचार लेख्नसमेत आग्रह गरे।

प्रकाशित: २५ माघ २०७५ १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App