२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाउँपालिकालाई एम्बुलेन्स सहयोग

भारतीय राजदूत पुरीको हातबाट एम्बुलेन्सको चावी लिँदै गाउँपालिकाका अध्यक्ष रावल। तस्बिर : जनक/नागरिक

हुम्ला - हुम्लामै पहिलो पटक गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरीएको छ। भारतीय राजदूतावासले आफ्नो ७० औैं गणतन्त्र दिवसको अवसर पारेर जिल्लाको खार्पुनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो।

भारतीय राजदूतावासले शनिबार नै एम्बुलेन्सको चावी गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरेको खार्पुनाथ गाउँपालिकाका लेखापाल बिशाल बोहोराले बताए। चावी बुझेपछि गाउँपालिकाका अध्यक्ष रावलले  नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसहित भारतीय दूतावासले हुम्ला जस्तो विकट ठाउँलाई सम्झेर ठुलो गुन लगाएकोमा धन्यवाद दिए। भारतीय राजदूतावासबाट यसरी एम्बुलेन्स सहयोग पाउने खार्पुनाथ गाउँपालिका हुम्ला जिल्लाकै पहिलो भएको छ।

प्रकाशित: १२ माघ २०७५ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App