२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सिरहामा प्रहरीले गाेली चलायाे, एकजना पेस्ताेल सहित पक्राउ

लहान - सिरहा नगरपालिका–२१ सुखचैनामा प्रहरीले हतियारधारी युवामाथि गोली प्रहार गरेको छ। प्रहरीले चलाएको गोली लागि सिरहा–९ का २९ वर्षीय प्रमोद यादव घाइते भएका छन्। उनको दायाँ हातमा गोली लागेको छ।

शुक्रबार स ६ प ६१४० नम्बरको मोटरसाइकलमा सीमापरिबाट सिरहातर्फ आउँदै गरेका यादवलाई रोकेर चेकजाँच गर्ने क्रममा उनले प्रहरीमाथि कटुवा पेस्तोल ताकेपछि प्रहरीले गाेली चलाएकाे सिरहाका प्रहरी प्रवक्ता (डिएसपी) माधवराज खरेलले बताए। प्रहरीले उनको साथबाट १ थान कटुवा पेस्तोल बरामद गरेको खरेलले बताए। उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ४ माघ २०७५ १४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App