४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

समृद्धिका लागि प्रकृतिप्रेमी समूहको योग

ललितपुर– ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने नाराकासाथ मंगलबार मुलुकभर चौंथो राष्ट्रिय योग दिवस मनाइएको छ। यसैक्रममा मंगलबार बिहान प्रकृतिप्रेमी समूहले ललितपुरको सातदोबाटोबाट लगनखेल, मंगलबजार, पाटनढोका, च्यासल हुँदै सातदोबाटोसम्म प्रभातफेरी कार्यक्रम गरेको छ। 

कार्यक्रममा स्वास्थ्य सम्बन्धी नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकेर नेपाली र नेवारी भाषामा नारा लगाउँदै नगर परिक्रमा गरिएको थियो। उनीहरुले मादल लगायत बाजाको तालमा स्वास्थ्य गीत गाउँदै नाचगान समेत गरे। 

स्वयंसेवकहरुले बटुवा र पसलेहरुलाई ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिन सघाउ पु-याउने पर्चा वितरण पनि गरेका थिए। -यालीमा सबै उमेर समूहका सहभागी थिए। उनीहरुले दुई घन्टा नगर घुमेका थिए। 

नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेपछि ०७२ सालदेखि दिवस मनाउन थालिएको हो। ‘हामीले स्वस्थ रहन हरेक दिन योग गर्नुपर्छ’, समितिका अध्यक्ष पुरेन्द्रविक्रम लाखेले भने, ‘योग दिवसले योगप्रति जनचेतना जगाउन मद्दत पुग्छ।’ 

प्रकाशित: १ माघ २०७५ ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App