२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

लमजुङमा भूकम्पको धक्का

लमजुङ - लमजुङमा आइतबार भूकम्पको धक्का महसुस भएको छ। अपराह्न ४ बजेर १ मिनेटको समयमा उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बेंसीशहरमा छोटो तर कडा झड्का महसुुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपालिकासम्म भूकम्पको धक्का महसुुस भएको स्थानीयवासीले बताएका छन्। यसअघि गत २५ गते साँझ ७ बजेर ४९ मिनेटको समयमा सदरमुकाम बेंसीशहर नजिकै केन्द्रबिन्दु बनाएर तीन म्याग्निच्यूडको भूकम्प गएको थियो। रासस

प्रकाशित: २९ पुस २०७५ १२:३३ आइतबार

लमजुङ भूकम्प