१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

सुत्केरीका लागि बर्थिङ सेन्टर जानेक्रम बढ्यो

फाइल तस्बिर

खोटाङ– सबै वडामा बर्थिङ सेन्टर स्थापना भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलाको संख्या बढेको छ । ११ वडा रहेको नगरपालिकाका सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना भएपछि त्यहा गएर बच्चा जन्माउने क्रम बढेको हो। गत साउनदेखि मंसिर मसान्तसम्ममा नगरपालिकाका १३० महिलाले बर्थिङ सेन्टर गएर बच्चा जन्माएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक राजकिशोर शाहले बताए।

बर्थिङ सेन्टरमा बच्चा जन्माउनेमध्ये ११५ जनाको सामान्य र १५ जनाको जटिल प्रसुती गराइएको हो । नगरका स्वास्थ्य शाखाका अनुशार हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडामा १, डिकुवामा ५, च्यास्मीटारमा १७, बडहरेमा ४, दुर्छिममा ३२, मंगलटारमा १४, महादेबस्थानमा ३, धितुङमा १५, सल्लेमा ५, अर्खौलेमा १३ र राजापानी बर्थिङ सेन्टरबाट २१ गर्भवतीले बच्चा जन्माएका छन् ।
तालिका अनुशार चार पटक गर्भजाँच गराउने १२१ सुत्केरी आमालाई जनही ८ सयका दरले प्रोत्साहन भत्ता र सबै गर्भवती महिलालाई जनही २ हजारका दरले यातायात खर्च प्रदान गरिएको नगर स्वास्थ्य शाखाका सह–संयोजक शाहले बताए ।
नगरपालिकाका ११ वटै वडाका स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरिएपछि असार ३० गते नगरपालिकालाई पूर्ण बर्थिङ सेन्टरयुक्त घोषणा गरिएको थियो । स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरेपछि सिंगो नगरपालिका बर्थिङ सेन्टरयुक्त बनेको उपमेयर बिमला राईले बताईन् ।
सुत्केरी गराउनेक्रममा ज्यान गुमाउने आमाको जीवन रक्षाका लागि नगरपालिकाले हरेक स्वास्थ्यचौकीमा तालिम प्राप्त दक्ष प्रसुतीकर्मी, सुत्केरी गराउने साधन, औषधिसहितको बर्थिङ सेन्टर स्थापना गरेको जनाएको छ।

 

प्रकाशित: २१ पुस २०७५ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App