२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मेलमिलापबाटैै मुद्दा किनारा

 दाङ – घोराही उपमहानगरपालिकाकोे न्यायिक समितिले गत आर्थिक बर्षमा १ सय ५ मुद्दा किनारा लगाएको छ । न्यायिक समितिले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरि गत अर्थिक बर्षमा २ सय ५६ मुद्दा दर्ता भएको र ति मध्ये १ सय ५ मुद्दा छिनोफानो गरिएको जानकारी दिएको हो । १ सय ५१ मुद्दा छानविनको प्रक्रियामा रहेको पनि समितिले जनाएको छ ।

समितिका संयोजक सीता सिग्देल न्यौपानेका अनुसार सबै भन्दा बढी जग्गा विवाद सम्वन्धी मुद्दा समितिमा आउने गरेका छन् । जग्गा विवाद सम्वन्धी मुद्दा १ सय ४ रहेको र यि मध्ये २६ मुद्दा किनारा लगाईको संयोजक न्यौपानले जानकारी दिईन् ।  यसैगरी लेनदेन सम्वन्धी ५१ विवाद मध्ये २७ मुद्दा न्यायिक समितिबाट किनारा लागेका छन् । यसैगरी घरेलु हिंसा सम्बन्धी मुद्दाको संख्या ३४ रहेको र यी मध्ये १७ मुद्दा किनारा लगाईएको न्यौपानेले जानकारी दिइन्।

यसैगरी सम्बन्ध्बिच्छेदका १२ मध्ये आठ मुद्दा किनारा लागेका छन् भने घर भाडा सम्वन्धी आठ मुद्दा मध्ये तीन किनारा लागेका छन् । कुलो नाला पानी सम्बन्धी छ मध्ये चार मुद्दा किनारा लागेका छन् । अंश सम्वन्धी बिबादका छ मध्ये ३ विवाद किनारा लागेका छन्। अन्य २६ मुद्दा मध्य १३ मुद्दा किनारा  लगाईएको संयोजक न्यौपानेले जानकारी दिईन्।

यसैगरि चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा ८५ मुद्दा परेका छन्। यि मध्य ३७ वटा मुद्दा किनारा लागेको र बाँकी मुद्दाहरु मिलापत्रको प्रकृयामा रहेको उनले जानकारी दिईन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीयस्तरमा रहेका विवादहरुको न्यायिक निरुपणका लागि स्थानीय तहमा न्यायिक समिति गठन गरेर कानुनी उपचार गर्न सकिने व्यवस्था गरेको छ।

 

प्रकाशित: १३ पुस २०७५ ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App