२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

बैतडी - अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । 

मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन् । टाउकोमा चोट लागेकाे बुहारी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।  इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक (इन्सपेक्टर) गिन्द्रबहादुर बोगटीका अनुसार घटनास्थलमा पुरुषको घडी भेट्टिएको छ । घरमा ससुरा र बुहारी मात्रै रहेका बेला घटना गरिएको हो । 

लक्ष्मीले घटनापछि अर्को गाउँमा रहेका आफ्ना जेठाजु धनबहादुरलाई फोन सम्पर्क गरेको प्ररम्भिक अनुसन्धानबाट खुल्न  आएको इन्सपेक्टर बोगटीले बताए । लक्ष्मीका श्रीमान् रोजगारीको शिलशिलामा भारतमा छन् ।

“हत्याबारे केही खुल्न सकेको छैन,” प्रहरी निरीक्षक बोगटीले भन्नुभयो । मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसी) नेत्रमणि गिरीले बताए।रासस

प्रकाशित: १० पुस २०७५ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App