२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जनसरोकार पत्रकारिता समूह गठन

काठमाडौं– समसामयिक, जनचासो, भूकम्पपछिको पुनर्निर्माण र जनसरोकारका विषयमा कलम चलाउँदै आएका पत्रकारहरुको एक समूह गठन गरिएको छ। विनाशकारी भूकम्पपछि त्यससँग सम्बन्धित विषयमा रिर्पोटिङ गर्ने र अन्य जनचासोका विषयलाई उठाउँदै आएको सञ्चारकर्मीहरुको शनिबारको एक भेलाले ‘जनसरोकार पत्रकारिता समूह’ गठन गरेको हो। 

राष्ट्रिय समाचार समिति (रासस)का उपसमाचारदाता पूर्णप्रसाद मिश्रको संयोजकत्वमा गठन गरिएको समूहमा नौ सदस्यीय रहने गरी नेतृत्व चयन गरिएको छ। समितिको उपाध्यक्षमा अन्नपूर्ण पोस्टका शिव उप्रेती, महासचिवमा ओख्रेनी साप्ताहिककी दुर्गा आचार्य, सचिवमा कान्तिपुरका नगेन्द्र अधिकारी र कोषाध्यक्षमा नागरिक दैनिकका शिवहरि घिमिरे रहेका छन्। सदस्यतर्फ नागरिक दैनिकका ध्रुव दङ्गाल, दि हिमालयन टाइम्सका जीवन शर्मालगायत छन्। समूहले पुनर्निर्माणका क्षेत्रमा कलम चलाउँदै आएका सञ्चारकर्मीको हकहितमा काम गर्ने बताइएको छ।

उक्त समूहमा रहेका संचारकर्मीले पुनर्निर्माणका विषयलाई नियमित रिर्पोटिङ गर्दै आएको थिए। पत्रकारको हकहित, संरक्षण र पुनर्निर्माणको क्षेत्रका काम गर्दै आएको संस्था ‘फ्रिडम फोरम’को अगुवाईमा अहिले पनि यो समूह अति प्रभावित १४ जिल्लामा पूगेर भुकम्प र जनसरोकारका विषयमा कलम चलाउन सक्रिय छ।  

प्रकाशित: ८ पुस २०७५ १५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App