४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्मला हत्याकाण्ड : अझै सार्वजनिक भएन डिएन रिपोर्ट

धनगढी - निर्मला पन्तको हत्यामा संलग्न भएको आरोप स्विकारेको भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट अझै सार्वजनिक भएको छैन । प्रहरीले विशाललाई भने रिहा गर्ने तयारी गरेको छ । विशालका बुवा वीरबहादुर चौधरीले छोरा बुझ्न काठमाडौं जान प्रहरीले भनेको बताएका छन । ‘काडमाडौं जान्नँ, यहीँबाट बुझ्छु भनेको छु’, उनले भने।

प्रदीप र विशाल दुवैको डिएनए रिपोर्ट नेगेटिभ आएको स्रोतले बताए पनि प्रहरीले जानकारी दिएको छैन । कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले अझै तीनचार दिनसम्म डिएन रिपोर्ट नआउने बताएका छन् । प्रदीपले आरोप स्विकारेको र बयान मिल्दो भएको भन्दै प्रहरी अन्य प्रमाण खोजीमा लागेकाले डिएनए रिपोर्ट सार्वजनिक गर्न ढिलाइ भएको स्रोतले बताएको छ।

आफन्त तथा स्थानीयले भने डिएनए रिपोर्ट नमिलेकाले तत्काल प्रदीप र विशाललाई रिहा गर्न माग गरेका छन् । निर्मलाको हत्यारा पत्ता लगाउनुपर्ने र निर्दोषलाई रिहा गर्नुपर्ने माग राख्दै आफन्त र स्थानीयले महेन्द्रनगरमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ दाहालले दिनहुँ महेन्द्रनगरमा प्रदर्शन भइरहेको बताए।

प्रहरी उपरीक्षकले निर्मला हत्याको विभिन्न कोणबाट अनुसन्धान जारी रहेको बताए । प्रहरीले शंकास्पद अन्य व्यक्तिको पनि डिएनए परीक्षणका लागी पठाएको छ।

प्रकाशित: ६ पुस २०७५ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App