२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

डिएनए रिपोर्ट पर्खंदै प्रहरी

काठमाडौं - निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धानका क्रममा प्रहरीले डिएनए परीक्षणको रिपोर्ट पर्खन थालेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट अनुसन्धानका लागि नियन्त्रणमा लिएका प्रदीप रावल र विशाल चौधरीले दिएको बयानमा अपराध स्वीकार गरेपछि प्रहरीले उनीहरूको डिएनए परीक्षणका लागि पठाएको छ। त्यसको रिपोर्ट नआएसम्म प्रहरीले उनीहरूलाई सार्वजनिकसमेत गरेको छैन।

प्रहरीले भीमदत्त नगरपालिका १८ भगतपुरका रावललाई ६ दिनअघि नियन्त्रणमा लिएको थियो। चौधरीलाई भने रावलकै बयानका आधारमा कञ्चनपुरबाट काठमाडांै ल्याइएको हो। उनीहरू दुवैजना साथी भएको सिआइबी स्रोतले दाबी गरेको छ। प्रहरीले लिएको बयान र उनीहरूबारे संकलन गरिएका विभिन्न प्रमाणले पनि बलात्कार र हत्यामा संलग्न भएको सिआइबी स्रोतले जनाएको छ। शुक्रबार दिउँसो उनीहरू दुवैलाई फरकफरक ठाउँमा राखेर प्रहरीले बयान लिएको थियो। बयानपछि सिआइबीका अधिकारीहरू डिएनए रिपोर्ट मिलेमा उनीहरू दुवै जना अपराधी हुनसक्ने निष्कर्षमा पुगेका छन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सिआइबी प्रमुख डिआइजी निरज शाहीले रावल र चौधरी अपराधी हुनसक्ने रिपोर्ट गरेका थिए। खनालले पनि सिआइबीबाट आएको रिपोर्ट गृह मन्त्रालयमा जानकारी गराएका छन्।

सिआइबी नियन्त्रणमा रहेका रावल लागूऔषध प्रयागकर्ता भएकाले प्रहरीले पनि चुरोट खान दिएरै बयान लिएको छ। चुरोट खाएपछि अलि फुर्तीका साथ बोल्ने भएकाले उनलाई चुरोट खान दिएको प्रहरी स्रोतले जनाएको छ। ‘चुरोट नखाएसम्म झोक्राएर बस्ने, जब चुरोट दियो त्यसपछि मात्रै बोल्न थाल्ने भएकाले चुरोटको अम्मली नछुटाएको हो’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने। डिएसपीद्वय कवित कट्वाल र अनुपमशमशेर राणाले अनुसन्धान प्रक्रिया अघि बढाइरहेका छन्। रावलले भने बेलाबेलामा बयान फेर्नेसमेत गरेका छन्।

पक्राउ परेका प्रदीपले पनि यसअघि पक्राउ परेका दिलीप विष्टकै जस्तो गरी निर्मलाबारे बयान दिएको स्रोतले जनाएको छ। ‘यस्तैयस्तै बयान त यसअघिका दिलीपले पनि दिएका थिए तर उनको डिएनए मिलेन’, स्रोतले भन्यो। तर रावलले निर्मलालाई आफूले पहिले नै चिनेको बयान दिएका छन्। साइकल बिग्रेका बेला भेट भएकी निर्मलालाई फकाउँदै उखुबारीमा लगेको र त्यहीं बलात्कार गरेको भन्ने रावलको बयानसँग विशालको पनि बयान मिलेको सिआइबी स्रोतको दाबी छ। लागूऔषध दुव्र्यसनकै साथी भएकाले उनीहरूबीच धेरै कुरा समान रहेको पनि प्रहरीको दाबी छ।

सिआइबीले रावल र चौधरीबाहेकका अन्य केही व्यक्तिहरूको पनि डिएनए परीक्षण गराइरहेको छ। विशाल चौधरीसँगै पक्राउ परेका दिनेश चौधरीलाई पनि नियन्त्रणमा लिएको थियो। तर दिनेशलाई भने हिरासतमा राखेको छैन।

प्रकाशित: २३ मंसिर २०७५ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App