९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं - मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना आैंल्याएको छ।

शनिबार उच्च हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातको समयमा पश्चिमी तथा पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।

आइतबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ तथा अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री रहेको छ। जुम्लामा न्यूनतम तापक्रम माइनस डिग्रीमा झरेको छ। सबैभन्दा बढी विराटनगरमा अधिकतम तापक्रम २८ डिग्री सेल्सियस छ।रासस 

प्रकाशित: १५ मंसिर २०७५ ११:५७ शनिबार

मौसम_पूर्वानुमान_महाशाखा